१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगदसहित सात जुवाडे पक्राउ



अ+ अ-

मुग्लिन । चितवनमा नगदसहित जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२ बालकुमारी रोडबाट मङ्गलबार जुवातास खेल्ने र खेलाउने सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ घर भई भरतपुर–२ मा डेरा गरी बस्ने ३५ वर्षीय राजेशकुमार विकले सोही घरको तेस्रो तलाको आफ्नै कोठामा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट रु ७८ हजार ५०५ सहित नियन्त्रणमा लिई कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ का ३५ वर्षीय राजेश विक, भरतपुर–१ का ३५ वर्षीय कपिल गुरुङ, भरतपुर–१ कै ३५ वर्षीय सरोज पोखरेल, भरतपुर–२ क्षेत्रपुरका ३१ वर्षीय विशाल लामा, गैँडाकोट–९ का ३४ वर्षीय कर्म गुरुङ, भरतपुर–१ का ३५ वर्षीय राजन ठकुरी र लमजुङका ३२ वर्षीय एडेन गुरुङ रहेको प्रहरीले जनाएको छ ।