१५ असार २०८३, सोमबार
,
Latest
भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापाले शुभकामना व्यक्त गर्दै किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा जोड दिएका छन्।

शुभकामना सन्देश जारी गर्दै थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषि राष्ट्रको सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार रहेको उल्लेख गरेका छन्। उनले खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने किसानप्रति उच्च सम्मान व्यक्त गर्दै असार १५ किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको बताएका छन्।

थापाले संविधानले प्रत्येक नागरिकको खाद्य सम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेकाले धान उत्पादन वृद्धि गर्नु केवल कृषि कर्म नभई संविधानको मर्म कार्यान्वयनसँग पनि जोडिएको विषय भएको उल्लेख गरेका छन्। तर, किसानले हरेक वर्ष बीउ, मल, सिँचाइ तथा उचित मूल्यको अभाव झेल्नुपरेको र धान खेती अझै पनि वर्षामा निर्भर रहनुपरेको यथार्थतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थप चुनौती सिर्जना भएको उनको भनाइ छ।

यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ लाई स्मरण गर्दै थापाले मौसमअनुकूल तथा वातावरणमैत्री कृषि प्रविधिको विस्तार आवश्यक रहेको बताएका छन्। आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गर्दै चामल आयातमा निर्भरता घटाउन सकिने उनको विश्वास छ।

उनले सिँचाइ विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउ, गुणस्तरीय मल, भण्डारण तथा किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। साथै, कृषिलाई सम्मानित, मर्यादित र आकर्षक पेशाका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

सन्देशको अन्त्यमा थापाले राष्ट्रिय धान दिवस तथा असार १५ ले अन्नदाता किसानप्रतिको सम्मान अझ सुदृढ बनाउँदै खाद्य सुरक्षा र कृषि समृद्धिको दिशामा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।