१३ भाद्र २०८३, शनिबार
,
Latest
भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार किलोग्राम चरेससहित दुई युवा पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई गोङ्गबुबाट पक्राउ गरिएको जानकारी दिए । “चरेस बेचबिखन गर्न हिँडेको भन्ने अनुसन्धानमा खुल्न आएको छ”, उनले भने । पक्राउ परेका दुवैलाई लागुऔषध ऐन, २०३३ अन्तर्गत मुद्दा चलाइने वृत्तले जनाएको छ ।