६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनका थापा ५० हजार धरौटीमा रिहा



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा तोडफोड गरेपछि पक्राउ परेका गैरआवासीय नेपाली रमेशकुमार थापालाई अध्यागमन विभागले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

अध्यागमन विभागले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ बमोजिम कारबाही गरेको विभागका महानिर्देशक ईश्वरराज पौडेलेले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा लामो समयसम्म लाइनमा बस्नु परेको भन्दै थापाले डेस्कको सीसा फुटाएका थिए । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएपछि अध्यागमन विभागले हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।