११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. धनञ्जय रेग्मीले संघीय संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्ष दुवैले दलीय स्वार्थभन्दा माथि उठेर मुलुकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

आईतवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद रेग्मीले संसद्मा एउटै विषयलाई लिएर बारम्बार गरिने आलोचना र ‘गनगन’ ले ठोस नतिजा नदिने उल्लेख गर्नुभयो ।  रेग्मीले संसदलाई विज्ञहरूको राय र गहन छलफलका आधारमा नीति निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

स्याङ्जाबाट निर्वाचित सांसद रेग्मीले आफ्नो निर्वाचन क्षेत्रको मुख्य उत्पादन सुन्तलालाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन पहल शुरु गरेको जानकारी दिनुभयो । उहाँले विशेषगरी मध्यपूर्वका देशहरूलाई ठूलो बजारका रूपमा पहिचान गरी त्यहाँका राजदूत र व्यवसायीहरूसँग समन्वय गरिरहेको बताउनु भयो । आगामी नोभेम्बर–डिसेम्बरदेखि नै गुणस्तर मापन र ग्रेडिङ गरी नेपाली सुन्तला विदेश निर्यात गर्ने योजना रहेको उहाँको भनाइ छ ।

आफ्नो क्षेत्रको विकासका बारेमा बोल्दै डा. रेग्मीले स्याङ्जाका दलित बस्ती र पेलकाचौर जस्ता स्थानमा रहेको खानेपानीको चरम अभावप्रति चिन्ता व्यक्त गर्नुभयो । निर्वाचनका समयमा नागरिकसँग गरेको प्रतिवद्धताअनुसार बजेटमा खानेपानीका योजनाहरू नपर्नु दुःखद् भएको उहाँले बताउनु भयो ।