१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ?



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले महाकाली सन्धी गर्नु गलत भएको बताउनुभएको छ ।
मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महाकाली सन्धीबाट नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । महाकाली सन्धीले बदनाम बाहेक केही नदिएको उहाँको टिप्पणी छ । उहाँले महाकाली र एमसीसी सम्झौताको उपलब्धी शुन्य रहेको उल्लेख गर्नुभयो । उहाँले मदन भण्डारीको सक्रियता कारण टनकपुर सम्झौता रोकिएको स्मरण गर्नुहुँदै भण्डारीले अघि सारेको राष्ट्रियताको धारलाई निरन्तरता दिन नसकेको कारण महाकाली सन्धी हुन पुगेको बताउनु भयो ।

उहाँले वर्तमान सरकारले राष्ट्रिय हितलाई कमजोर बनाउने नीति अवलम्वन गरेको आरोप पनि लगाउनु भयो । सरकारका नीति तथा कार्यक्रमले किसान, श्रमिक र श्रमिकहरूको ट्रेड युनियन अधिकारलाई सम्बोधन नगरेको उहाँको दाबी छ । विद्यार्थी संगठनका अधिकारमा समेत हस्तक्षेप भइरहेको उहाँले बताउनु भयो ।

निजी सञ्चारमाध्यमलाई उपलब्ध गराइँदै आएको सहुलियत र सरकारी विज्ञापन कटौती गरिएको उल्लेख गर्दै उहाँले त्यसको प्रत्यक्ष असर पत्रकारिता क्षेत्रमा परेको बताउनु भयो । यसले सञ्चार क्षेत्र कमजोर बन्ने र ठूलो संख्यामा पत्रकार बेरोजगार हुने जोखिम बढाएको उहाँको भनाई छ ।