१४ असार २०८३, आईतवार
,
Latest
लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली अघिल्लो सरकारको पालामा मुलुकलाई ग्रे लिष्टमा पारियो, हामी निकाल्ने क्रममा छौँः अर्थमन्त्री वाग्ले रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन प्रतिगमनविरुद्ध लोकतान्त्रिक वामपन्थी एक हुनुपर्छ : ओली सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त कुरा स्पष्ट पार्नुभएको हो । अर्थमन्त्री वाग्लेले सरकारले पूर्वाधारको क्षेत्रमा उक्त ऋण लगानी गरेको र त्यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने दाबी समेत गर्नुभयो ।

बैठकमा सांसदहरुले वैदेशिक ऋण अनुपादक क्षेत्रमा नलगाउन सरकारलाई सचेत गराएका थिए । अर्थमन्त्री वाग्लेले सरकार उक्त कुरामा सचेत रहेको बताउनु भयो । अर्थमन्त्री वाग्लेले सरकारले पछिल्लो समय वैदेशिक लगानी बिना पनि विभिन्न आयोजनाहरुको कामलाई अघि बढाउने आँट गरेको पनि बताउनु भयो ।

अर्थमन्त्री वाग्लेले वैदेशिक ऋण अनावश्यक क्षेत्रमा लगानी नगर्नका लागि सरकारलाई सचेत गराउन पनि सांसदहरुलाई आग्रह गर्नुभयो ।