४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न

रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको विषय गम्भीर र आश्चर्यजनक रहेको बताएकी छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा बालबालिकासम्बन्धी ऐन, २०७५ विपरीत रास्वपाले बालबालिकालाई पार्टीको सदस्य बनाएको आरोप लगाइन्। उनले उक्त विषयमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै कानुनअनुसार कारबाही हुनुपर्ने वा नपर्ने भन्ने प्रश्न समेत उठाइन्।

उनले रास्वपाको पहिलो महाधिवेशन सम्पन्न भएकोमा बधाई दिँदै औपचारिक रूपमा सार्वजनिक गरिएको तथ्यांकअनुसार १८ वर्षमुनिका ३५ हजार २५७ जना पार्टीको सदस्य रहेको उल्लेख गरिन्। यस्तो विषयप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ थियो।

सांसद काउचाले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन नपाइने व्यवस्था रहेको स्मरण गराइन्। उनले उक्त कानुन उल्लंघन गरेमा ८० हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको व्यवस्था रहेको उल्लेख गर्दै सत्तारुढ दलका हकमा संविधान र कानुन लागू नहुने हो भन्ने प्रश्न गरिन्।

उनले बालबालिकासम्बन्धी ऐन, २०७५ ले पनि कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्य पूरा गर्न प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै रास्वपाले त्यही कानुनको उल्लंघन गरेको आरोप लगाइन्। साथै, बालबालिकाको सहभागिताका आधारमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको वैधानिकतामाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।

सांसद काउचाले विद्यार्थीले राजनीति गर्नु हुँदैन भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लगायतका संगठनमाथि प्रश्न उठाउने सरकारले आफ्नै पार्टीमा बालबालिकालाई सदस्यका रूपमा राख्न मिल्ने वा नमिल्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताइन्। उनले कलिला बालबालिकालाई पार्टीको झोला बोकाउने कार्य स्वीकार्य हुन नसक्ने भन्दै रास्वपालाई संविधान र कानुनको पूर्ण पालना गर्न आग्रह गरिन्।

उनले रास्वपा संविधान र कानुनभन्दा माथि नरहेको उल्लेख गर्दै सबै राजनीतिक दलले कानुनी व्यवस्था पालना गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन्।