३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति
अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति र पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गर्नुभएको छ ।

सांसद कँडेलले राष्ट्रियता र राजनीतिक प्रतिशोधका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद कँडेलले गत जेठ १७ गते संसदमा प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले दिनुभएको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्नुभयो ।

प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ भनी दिनुभएको बयान राष्ट्रघाती भएको कँडेलको दाबी छ । उहाँले उक्त अभिव्यक्तिले भविष्यमा दुई देशबीच हुने वार्तामा नेपालको विपक्षमा प्रमाणको रूपमा काम गर्न सक्ने खतरा औंल्याउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्ने र उक्त भनाइ संसदको अभिलेखबाट हटाउनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशको प्रधानमन्त्रीले सम्बन्धित पक्षले समेत नउठाएको र कतै चर्चा नभएको विषयमा नेपालले भारतको भूमि मिचेको भनी संसदमा बोल्नु गम्भीर षडयन्त्रको संकेत हो । विष्णु पौडेल बेकसुर हुनुहुन्छ । सरकारले आफ्ना कमजोरी लुकाउन र अन्तर्राष्ट्रिय निकाय (एफएटीएफ) लाई देखाउनका लागि मात्र उच्च ओहदाका व्यक्ति पक्राउ गरेको नाटक गरिरहेको छ। यो नेकपा एमालेलाई बदनाम गर्ने कुत्सित मनसायले प्रेरित छ ।’

नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सम्पती शुद्धीकरणको अभियोगमा पक्राउ गरिएको विषयमा पनि सांसद कँडेलले कडा विरोध जनाउनु भयो । उहाँले यस गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र विपक्षीलाई तर्साउने रणनीतिको रूपमा व्याख्या गर्नुभयो । उहाँले पौडेलको तत्काल रिहाइको माग समेत गर्नुभयो ।

सांसद कँडेलले मन्त्रीहरूले सचिवालयमा नौ जनासम्म सल्लाहकार र निजी सचिव राख्न पाउने गरी तयारी भइरहेको भन्ने समाचारप्रति पनि प्रश्न उठाउनु भयो । यदि यो सत्य हो भने यो ‘नीतिगत भ्रष्टाचार’ को पराकाष्ठा हुने उहाँको टिप्पणी थियो । सरकारले एकातिर वास्तविक अपराधीलाई उन्मुक्ति दिने र अर्कोतिर करका दरमा सूचना चुहावट गरी बिचौलियालाई लाभ पु¥याउने काम गरिरहेको आरोप लगाउँदै कँडेलले सरकारको कार्यशैली निन्दनीय रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री कार्यालय मातहत रहेका छानबिन निकायहरूलाई राजनीतिक हतियार नबनाउन समेत चेतावनी दिनुभएको छ ।