१ असार २०८३, सोमबार
,
Latest
जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिब र मध्यम वर्गले सरकारको काम देख्यो तर धनाढ्य वर्गले देखेनः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएको विकास निर्माणको काम धनाढ्य वर्गका व्यक्तिले नदेखेको बताएका छन् । दसैं, दिपावली तथा छठलगायत पर्वको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गरिब र मध्यम वर्गले सरकारले गरेको कामको प्रशंसा गरेको बताएका छन् ।

गरिब र मध्यम वर्गका मानिसको जीवनस्तर माथि रहेको तर केही धनाढ्य माथिल्लो स्तरकाले सरकारको आलोचना गरेको आरोप लगाएका छन् । सरकारले समृद्ध नेपाल निर्माणका लागि अभियान सुरु गरेसँगै नेपालमा गरिबी निवारण हुँदै गएको उनले दाबी गरे । वर्तमान सरकारले अलपत्र छोडेको ठूला आयोजना सम्पन्न गरेर विकासको क्रममा मुलुकले फड्को मारेको पनि उनले बताए ।

चियापान कार्यक्रममा नेकपाका सचिवालय सदस्य, पार्टीका भातृसंस्थाका नेता तथा कार्यकर्ता, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार, विभिन्न संघसंस्थाका पदाधिकारीसहित सर्वसाधारण उल्लेखनीय उपस्थिति रहेको थियो । चाडपर्व र संस्कृतिको धनी नेपालमा राजनीतिक दलले आयोजना गर्ने शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमले नेता, कार्यकर्ता र सर्वसाधारणमा आपसमा मिलेर देशको विकास र समृद्धिमा लाग्ने नयाँ सन्देश दिँदै आएको छ ।

दसैंको कोजाग्रत पूर्णिमाका दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रमले पनि त्यस्तै प्रकारको राजनीतिक सन्देश दिएको थियो भने सत्तारूढ नेकपाको बुधबारको चियापानले त्यसलाई निरन्तरता दिएको छ । नेपालको राजनीतिमा बीपी कोइरालाले भारतबाट २०३३ सालमा स्वदेश फर्केपछि एकता र मेलमिलापका लागि यस्तो चियापानको आरम्भ गरेका थिए भने २०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि तत्कालीन नेकपा ९एमाले०का अध्यक्ष मनमोहन अधिकारीले बडादसैंका अवसरमा चियापान कार्यक्रम आयोजना सुरु गरेका थिए ।

पछि अन्य दल र सामाजिक संस्थाले पनि यस्ता कार्यक्रम गर्दै आएका छन् । तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र)बीच ३ जेठ २०७४ मा एकतापछि नेकपाको यस वर्ष दोस्रो चियापान कार्यक्रम हो ।नेकपाका नेता तथा पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीले चियापानले नेता र कार्यकर्ताबीच भेटघाटको अवसर जुटाउनुका साथै आपसी सद्भाव र सहकार्य प्रदान गरेको बताइन् । उनले पार्टी एकता भएपछि दोस्रोपटक भएको चियापानमा पार्टीबीच अन्तरघुलनको मौकासमेत प्रदान गरेको बताइन् ।

यस्तै, नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिँदै विकास र समृद्धिको यात्रामा सामेल हुन सबैमा आग्रह गरे । मुुलुक र जनताको विकासका निमित अध्यक्ष दाहालले समृद्ध नेपाल र सुखी नेपालीका लागि सरकारले काम गरिरहेको बताए । नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर विकासमा जोड दिनुपर्ने बताए । मुलुकको विकास र समृद्धिका लागि संसारको अनुभव लिएर अगाडि बढनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासले समग्र देशको विकासमा प्रभाव पार्ने हुँदा यसको विकासका लागि लगानी वृद्धि गर्नुपर्ने उनले बताए ।

वरिष्ठ नेता नेपालले जलविद्युत् क्षेत्रको विकासमा गरिने लगानीले दीर्घकालमा राम्रो प्रतिफल प्राप्त हुने बताउँदै प्राकृतिक सौन्दर्य, पर्वतारोहणका क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटनको अभिवृद्धि गर्न सकिने हुँदा त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । धार्मिक पर्यटनको पनि राम्रो सम्भावना रहेकाले धार्मिक सम्पदाको संरक्षण गर्नुपर्ने उनले बताए । यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडबाडका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमले राजनीतिक नेतालाई नजिक ल्याउन मद्दत गर्ने बताए ।

नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुने क्रममा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले यस्ता कार्यक्रम नियमित हुनुपर्नेमा बताए । पत्रकारसँग संक्षिप्तमा कुरा गर्दै सभापति देउवाले बीपी कोइरालाबाट सुरु गरेको कार्यक्रम अहिले सबै पार्टीले आयोजना गर्ने गरेको स्मरण गर्दै चाडबाडमा हुने यस्ता कार्यक्रमले भेटघाटकोे अवसर मिल्ने उल्लेख गरे ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने चेतावनी दिए ।

पत्रकारसँग कुरा गर्दै नेता पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा ती दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताए । पौडेलले भने, ‘यो मान्यताविपरीत निर्णय भएमा हामी मान्दैनौं, सदन र सडकमा विरोध गर्छौं । सदनमा रहेका कांग्रेस सांसदहरूले पनि लाचारीपन देखाउनुहुँदैन ।’ एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि हाल सो पद रिक्त छ । राजधानी दैनिकबाट