१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व अर्थमन्त्री मधुकर शमशेर राणाको निधन



अ+ अ-

काठमाडौं। पूर्व अर्थमन्त्री मधुकर शमशेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा राणाको बुधबार निधन भएको पारिवारिक स्राेतले बताएकाे छ । राणा लामाे समयदेखि मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सत्ता हातमा लिएपछि गठित मन्त्रिपरिषदमा राणा अर्थमन्त्री बनेका थिए। साउथ एसियन इन्स्टिच्यूट  अफ म्यानेजमेन्टका प्रोफेसर समेत रहेका राणा नेपाल व्यवस्थापन संघका पूर्व अध्यक्ष समेत हुन् । उनी नेपाल हकी संघका संस्थापक उपाध्यक्ष पनि हुन्।

राणाका श्रीमती र २ छोरा छन्।