• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

पूर्व अर्थमन्त्री मधुकर शमशेर राणाको निधन



काठमाडौं। पूर्व अर्थमन्त्री मधुकर शमशेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा राणाको बुधबार निधन भएको पारिवारिक स्राेतले बताएकाे छ । राणा लामाे समयदेखि मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सत्ता हातमा लिएपछि गठित मन्त्रिपरिषदमा राणा अर्थमन्त्री बनेका थिए। साउथ एसियन इन्स्टिच्यूट  अफ म्यानेजमेन्टका प्रोफेसर समेत रहेका राणा नेपाल व्यवस्थापन संघका पूर्व अध्यक्ष समेत हुन् । उनी नेपाल हकी संघका संस्थापक उपाध्यक्ष पनि हुन्।

राणाका श्रीमती र २ छोरा छन्।