• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

बलेरोको ठक्करबाट एक महिलाको मृत्यु



मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका–४ एसएसचोकमा बाटो काट्दै गरेकी एक वृद्धा महिलालाई बलेरो जिपले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा१४च १६८६ नंको बलेरो जिपले ठक्कर दिँदा पैदलयात्री ओखलढुङ्गा लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–४ एसएसचोक बस्ने ७६ वर्षीया लक्ष्मीदेवी भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

तीव्रगतिमा आएको बलेरोले जेब्राक्रसिङबाट बाटो काटिरहेकी महिलालाई ठक्कर दिएर फरार भएका चालक काभ्रे बेथानचोक गापा–३ घर भई हाल काभ्रे भैँसेपाटी बस्ने २४ वर्षीय विनोद घिमिरेले प्रहरी वृत्तमा मध्यपुरथिमिमा आत्मासमर्पण गरेको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।