२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अचानक छात्राले कक्षाकोठामै विचित्र हर्कत गर्न थालेपछि…



अ+ अ-

काठमाडौं । ११ कक्षाकी एक छात्राले कक्षाकोठामा बसिरहेका बेला अचानक विचित्र हर्कत गर्न थालिन् । उनको हर्कतमा शिक्षकको आँखा पर्यो । जब शिक्षके उनको नजिकै गएर हेरे त्यसपछि शिक्षककै होस उड्यो । ती छात्राले कक्षामै यस्तो हर्कत गर्दै थिइन् जुन शिक्षकले हेर्न समेत सकेनन् । घटना भारतको जालंधरको एक स्कुलको भएको बताइएको छ ।

दायाँबायाँ बसेका विद्यार्थीले पनि बुझ्न सकेनन् कि उनले के गरिरहेकी छिन् । उनले अनौठो आवाज निकालिरहेकी थिइन् । आवाज सुनेपछि कक्षाका सबै विद्यार्थीले चकित परेर उनलाई हेरे । यो सब हुँदा कक्षामा शिक्षक थिएनन् । विद्यार्थीलाई उनको क्रियाकलापमा शंका भएपछि उनीहरुले यसको बारेमा प्रिन्सिपललाई भने ।

यसपछि प्रिन्सिपल स्वयं कक्षामा गए । जब प्रिन्सिपल छात्राको नजिक पुगे र उनलाई जुन हालतमा पाए त्यसले उनको होस उड्यो । छात्राको नजिकै गएपछि उनले देखे कि छात्रासँग रक्कीको एउटा बोतल थियो र उनको मुखबाट रक्सीको तेज दुर्गन्ध आइरहेको थियो । प्रिन्सिपलले छात्राको परिवारलाई बोलाएर यसबारे जानकारी दिए । अब ती छात्रालाई स्कुलबाट निकालिएको छ ।

ती छात्राका पिता पेसाले वेटर भएको बताइएको छ । उनी दिनहुँ कुनै न कुनै पार्टीमा काम गर्न जान्थे । त्यहाँबाट उनले अरु चीजसँगै रक्सी पनि घर लिएर आउँथे । यो रक्सी उनकी छोरीले लुकिछिपी पिउँथिन् । यो कुराको शंका आमाबाबुलाई भइसकेको थियो । तर उनीहरुलाई यो थाहा थिएन कि उनीहरुकी छोरीले रक्सी स्कुल ब्यागमा राखेर स्कुल लान्छिन् । ती छात्रालाई रक्सीको लत लागिसकेको बताइएको छ ।