काठमाडौं। रास्वपाको महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन् ।
आज विहान पदाधिकारी चयनका लागि भएको मतदानबाट आचार्य महामन्त्रीमा निर्वाचित भएका हुन् ।
उनले ६७३ मत प्राप्त गरेका छन् । रास्वपा तत्कालीन प्रवक्ता मनिष झा (३४६ मत), गणेश कार्की (१६९मात) र सागर ढकाल (१३९मत)ले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
चितवनमा भएकाे प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् ।
उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् ।










