४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान

रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। मतदानको निर्धारित समय सकिएसँगै मतपेटिका बन्द गरिएको निर्वाचन आयोग स्रोतले जनाएको छ।

निर्वाचन आयोगका अनुसार पदाधिकारी चयनका लागि १ हजार २८९ मत खसेको छ। यसअघि केन्द्रीय सदस्य चयनका क्रममा भने २ हजार ९५९ प्रतिनिधिले मतदान गरेका थिए।

केन्द्रीय सदस्य निर्वाचनको तुलनामा पदाधिकारीतर्फ मतदान गर्ने प्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटेको देखिएको छ। तथ्यांकअनुसार केन्द्रीय सदस्य निर्वाचनमा मतदान गरेका प्रतिनिधिमध्ये १ हजार ६७० जनाले पदाधिकारी निर्वाचनमा मतदान नगरी फर्किएका छन्।

पदाधिकारीतर्फ कम मतदान हुनुको कारणबारे निर्वाचन समितिले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। यद्यपि, प्रतिनिधिहरू मतदान प्रक्रिया पूरा नगरी महाधिवेशन स्थलबाट फर्किएका कारण मत संख्या घटेको स्रोतको भनाइ छ।

मतदान सकिएसँगै मतगणनाको तयारी गरिएको छ भने पदाधिकारी निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको छ।

गत असार ७ गतेदेखि सञ्चालनमा रहेको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजै समापन गर्ने कार्यक्रम छ। महाधिवेशनअन्तर्गत पाँच पदाधिकारी पदका लागि निर्वाचन भएको हो।