१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह

यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय/अन्तरराष्ट्रिय प्रतिबद्धताको प्रभावकारी रुपमा कार्यान्वयन गरी यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन गरेको छ ।

आयोगका सहायक श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा यातानापीडितलाई न्यायमा पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “यातनाजन्य घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान, दोषीउपर कानुनबमोजिम कारबाही तथा पीडितलाई प्रभावकारी उपचार, क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था सुनिश्चित गरी राज्को राष्ट्रिय र अन्तरराष्ट्रिय दायित्व पूरा गर्न नेपाल सरकारले थप प्रयास गर्न जरूरी देखिएको छ ।”

नेपालले यातनाविरुद्धको महासन्धिको अनुमोदन गरिसकेपछि संयुक्त राष्ट्रसङ्घको यातनाविरुद्धको समितिमा बुझाउनुपर्ने आवधिक प्रतिवेदन करिब दुईदशक लामो समयदेखि बुझाउन नसकेको, अन्तरराष्ट्रिय मञ्चहरूमा यातनाजन्य कार्यको बारेमा प्रश्न उठ्ने गरेको र पीडितले न्यायको अनुभूत गर्न नसकेको अवस्था रहेको आयोगको ठहर छ ।

आयोगले भनेको छ, “आयोगले यातना पीडितहरूको अधिकार संरक्षण एवम् संवद्र्धनका लागि सरकारलाई गरेका सिफारिसको कार्यान्वयन अवस्था सन्तोषजनक छैन, यस वर्ष हिरासत तथा कारागारको अनुगमनबाट क्षमता भन्दा बढी संख्यामा रहेका कैदीबन्दीहरुको व्यवस्थापन, विशेषतः कारागारिभत्र पानी, सरसफाई, शौचालय सहित आन्तरिक व्यवस्थापनमा सूधार हुन नसक्दा यातनाविरुद्धको अधिकार कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको पाइएको छ ।”

आयोगले यातना पीडितको अधिकार संरक्षणार्थ आयोगबाहेक संयुक्त राष्ट्रसङ्घीय संयन्त्रहरूबाट भएका सुझाव तथा सिफारिसहरुको कार्यान्वयन अवस्था पनि सन्तोषजनक नभएको र सशस्त्र द्वन्द्वका अधिकाँश यातनापीडितहरूले क्षतिपूर्ति पनि प्राप्त गर्न नसकेको अवस्था कायम रहेको जनाएको छ ।

यातनापीडितहरूको सहयोगार्थ अन्तरराष्ट्रिय दिवस (जून २६) को अवसरमा यातनातथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार, दण्ड वा दुव्र्यवहारविरुद्धको शून्य सहनशीलतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै यातनापीडितहरूको अधिकार सम्मान, संरक्षणर संवद्र्धन गर्न आयोग नेपाल सरकार सहित सम्बद्ध सबै निकायहरूसँग हार्दिक अनुरोध समेत गरेको छ ।