११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक भएको छ।

केन्द्रीय निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार ६ वटा पदमा ३० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो।

उपसभापति (खुला) पदमा डा. स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्। महिला उपसभापति पदका लागि भने सोविता गौतम र डा. तोसिमा कार्की आमनेसामने हुने भएका छन्।

महामन्त्री पदका लागि सबैभन्दा धेरै ८ जनाले उम्मेदवारी दिएका छन्। यस पदका आकांक्षीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य रहेका छन्।

दुई जना निर्वाचित हुने सहमहामन्त्री (खुला) पदमा ११ जनाले दाबी प्रस्तुत गरेका छन्। उम्मेदवारहरूमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त रहेका छन्।

यस्तै, सहमहामन्त्री (महिला) पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माबीच प्रतिस्पर्धा हुने भएको छ।

यसअघि महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्वाचित भइसकेका छन् भने पार्टीको केन्द्रीय समितिका ९९ सदस्य पनि चयन भइसकेका छन्। अब पदाधिकारी निर्वाचनमार्फत रास्वपाले नयाँ नेतृत्व टोलीलाई पूर्णता दिनेछ।