९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै



अ+ अ-

काठमाडौं । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६० हजार बिरुवा वितरणसँगै रोपण सुरु गरेको छ ।

व्यावसायिक कृषि विस्तार, आयआर्जन वृद्धि तथा स्थानीय नागरिकलाई स्वरोजगार बनाउने लक्ष्यका साथ यो अभियान थालिएको हो । कार्यालयको अगुवाइमा सामुदायिक वन, निजी जग्गा तथा अन्य उपयुक्त क्षेत्रमा रोपण सुरु भएको हो ।

किसानलाई कार्यालयले प्राविधिक परामर्श पनि दिने गरेको छ । वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार टिमुरखेतीलाई अभियानकै रूपमा अघि बढाइएको छ । “कृषक तथा स्थानीयलाई यसतर्फ आकर्षित गरी उनीहरूको आय बढाउनु अभियानको उद्देश्य हो ।”, उहाँले भन्नुभयो, “५०० भन्दा बढी बिरुवा रोपण गर्ने कृषक तथा समूहलाई उनीहरूका घरमा नै बिरुवा पु¥याउने व्यवस्था मिलाइएको छ ।”

सन्धिखर्क नगरपालिकाको दुर्गाफाँट, भूमिकास्थान नगरपालिकाको पोखेडाँडा, शितगङ्गा नगरपालिकाको डोहोटे तथा मालारानी गाउँपालिकाका खन र मथुरालगायत क्षेत्रमा नर्सरीमा बिरुवा उत्पादन हुँदै आएको छ ।