११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका उम्मेदवार जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

खरेलले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै पार्टीमा सहमति, एकता र दीर्घकालीन यात्रालाई प्राथमिकता दिँदै यो निर्णय गरेको बताएका छन्।

‘हामीले अझै लामो बाटो तय गर्न बाँकी छ। सहमति र एकतालाई बलियो बनाउन गरिएको सल्लाहअनुसार महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको हुँ,’ उनले उल्लेख गरेका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका खरेलले त्यसपछि महामन्त्री पदमा उम्मेदवारी दिएका थिए। उम्मेदवारी फिर्तासँगै महामन्त्री पदको प्रतिस्पर्धामा नयाँ समीकरण बनेको छ।