![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
सप्तरी । सुरुङ्गा नगरपालिका–३ विषहरियाका १९ वर्षीय फुल्चनकुमार मण्डलको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका दुई जनालाई बिहीबार पक्राउ गरेको छ । हत्यापछि फरार रहेका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई दुई वर्ष चार महीनापछि पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।
मृतककी आमा हन्सीदेवी मण्डल खत्वेको उजुरीका आधारमा उनीहरुलाई घरबाटै पक्राउ गरिएको हो । अन्य आरोपित सोही ठाउँका ४४ वर्षीय जोगेन्द्र सदा, २४ वर्षीय अर्जुन सदा, २३ वर्षीय प्रदीप सदा र २२ वर्षीय अजित सदा फरार छन् ।
![](https://newspolar.com/wp-content/uploads/2019/05/arrest.2019-03-12-1000x563.jpeg)
आरोपितमाथि सुनियोजित तरिकाले २०७४ असार ७ गते रक्सीमा विषादी मिसाएर खुवाई फुल्चनको हत्या गरेको आरोप छ ।