११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी पदाधिकारी पदको फारम वितरण तथा दर्ता आज साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म हुनेछ ।

आयोगकका प्रमुख भुवन केसीले पार्टीको पदाधिकारीमा उम्मेदवारी दिनेको प्रारम्भिक नामावली साँझ ७ः३० बजे प्रकाशित गर्ने जानकारी दिनुभयो ।

यसैगरी, ७ः३० बजेदेखि साँझ ८ः०० बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध, साँझ ८ः१५ बजेसम्म पदाधिकारीविरुद्ध परेको दाबी विरोधविरुद्ध जाँचबुझ गरिने र उम्मेदवारले नाम फिर्ता लिने समय साँझ ८ः३० बजेसम्म तोकिएको छ ।

पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन साँझ ८ः४५ बजे, मौन अवधि राति ८ः४५ बजेदेखि राति ९ः१५ बजेसम्म, मतदान राति ९ः१५ देखि राति १२ः१५ बजेसम्म हुनेछ ।

यस्तै, मतगणना राति १२ः१५ बजेदेखि १ः१५ बजेसम्म गरिनेछ भने राति १ः३० बजे मतपरिणाम घोषणा गरिने तालिकामा उल्लेख छ । रास्वपाको गत आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा चलिरहेको छ ।