११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समिति चयनका लागि सम्पन्न निर्वाचनमा ७६.८० प्रतिशत मतदान भएको छ।

निर्वाचन समितिका अनुसार अन्तिम प्रमाणीकरणपछि कुल ३ हजार ८५९ प्रतिनिधि मतदानका लागि योग्य ठहरिएका थिए। तीमध्ये ३ हजार ८४९ प्रतिनिधिले मतदान गरेका छन्।

यससँगै केन्द्रीय समिति चयनका लागि भएको निर्वाचनमा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय संरचना चयन गर्ने प्रक्रिया जारी रहेको छ।