१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री
अ अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो । “आम सञ्चारकर्मी मित्रहरूले आफूलाई आफैँले सोध्नुपर्ने प्रश्न के हो भने हामीमाथि जनताको विश्वास छ कि छैन ?” उहाँले भन्नुभयो ।

आफ्नो भूमिका र जिम्मेवारीबारे गम्भीर समीक्षा गर्दै अघि बढ्न सके आगामी पाँच वर्षमा देशले गति लिएजस्तै सञ्चार क्षेत्रले पनि नयाँ गति लिन सक्ने उहाँको भनाइ थियो ।

सञ्चार क्षेत्रलाई बलियो बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले सबै सरोकारवालासँग संवाद गरी आवश्यक नीति, नियम र कानुन संशोधनमार्फत सञ्चार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

सञ्चारकर्मीसँगको सहकार्यबाट यस क्षेत्रलाई सबैले गर्व गर्न सक्ने र जिम्मेवार संस्थाका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पृथक प्रसङ्गमा उहाँले वर्तान सरकार देश र जनतालाई केन्द्रमा राखेर नागरिकले अनुभूत गर्नेगरी काममा क्रियाशील रहेको बताउनुभयो ।

सञ्चार क्षेत्रको उन्नति, यसलाई सम्मानित क्षेत्रका रूपमा स्थापना गर्ने र जनविश्वास आर्जन गर्ने बनाउन सबैले गम्भीर भएर मनन गर्नुुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । उहाँले सञ्चार क्षेत्रमा देखिएका समस्याको खोजी गरी समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । सञ्चार क्षेत्र बलियो बनाउन सञ्चारकर्मी स्वयं जिम्मेवार हुनुपर्ने उहाँको कथन थियो ।

विज्ञापन क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले विज्ञापन नीति ल्याउने तयारी गरिरहेको जानकारी सञ्चारमन्त्रीले दिनुभयो । विज्ञापन क्षेत्रलाई उद्योगका रूपमा विकास सरकारको लक्ष्य रहेको उहाँको कथन थियो । “विज्ञापनलाई औपचारिक क्षेत्रमा कसरी रूपान्तरण विज्ञापन नीति केन्द्रित छ,” उहाँले भन्नुभयो ।

लोककल्याणकारी विज्ञापन सरकारले नरोकेको स्पष्ट गर्दै मन्त्री तिमिल्सिनाले वास्तविक श्रमजीवी पत्रकारलाई यसबाट लाभान्वित गराउन सरकारले चाहेको बताउनुभयो ।रासस