२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश



अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ ।

मेक्सिकोको मोन्टेरे स्टेडियममा आज भएको समूह ‘ए’ अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको हो ।

दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले गोल गरे । उनले खेलको ६३औँ मिनेटमा गरेको एक गोल नै दक्षिण अफ्रिकाको निर्णायक गोल सावित भयो ।

चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिकाले पहिलोपटक समूह चरण पार गरेको हो । यसअघि सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको थियो तर समूह चरण भने पार गर्न सकेको थिएन ।

जितसँगै दक्षिण अफ्रिका समूह ‘ए’ मा ४ अङ्कसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । यसै समूहमा रहेको मेक्सिको समूह विजेता बन्दै नकाउट चरणमा पुगिको छ ।

आजै भएको अर्को खेलमा मेक्सिकोले चेकियालाई ३–० ले हराएको थियो । दक्षिण कोरिया ३ अङ्कसहित तेस्रो र चेकिया १ अङ्कसहित पुछारमा रह्यो ।