१० असार २०८३, बुधबार
,
Latest
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना



अ+ अ-

काठमाडाैँ । सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहीन व्यवसायीहरुको समूहले  माईतीघरमा धर्ना दिएको छ । बुधबार बिहान माईतीघर मण्डलामा दृष्टिबिहीनहरुले धर्ना दिएका हुन् ।

राज्यले पछाडि पारेका आफूहरुलाई राज्यले आफ्नो हातमा भएको सीप पनि प्रयोग गर्न नदिएको आरोप प्रदर्शनरत दीपराजले बताए । आफूहरुको आयश्रोतको माध्यम भनेकै सांगितिक कार्यक्रम भएको उनकाे भनाइ छ ।

सांस्कृतिक कार्यक्रम गर्दा पशशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड गर्ने, कुटपिट गर्ने काम भएको आरोप लगाए । आफैँसँग हारेका दृष्टिबिहीहरुको अन्तिम विकल्प नै अरुको सहयोग लिनुपर्ने भएपनि सरकारले अरुको सहयोग लिन नदिएको उनकाे भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी दिनमा यसबारे सोचोस् भनेर माईतीघरमा आन्दोलन गर्न आएको बताए । सरकारले हुन्छ मात्रै भन्ने तर माग पूरा नगर्ने गरेको आरोप लगाउनु भयो । गास, बास र कपासको माग पूरा नभएसम्म धर्ना कार्यक्रम गर्ने चेतावनी दिए ।

सात दिनसम्म माईतीघरमा धर्ना दिने कार्यक्रम रहेको र सात  दिनसम्म पनि  माग  पूरा नभए रिले अनसन शुरु गर्ने  चेतावनी दिए । शिक्षित व्यक्तिलाई जागिरको व्यवस्थापन गर्न दिनुपर्ने, अशिक्षितलाई जीवनयापन भत्ताको व्यवस्थापन गर्नुपर्ने, दृष्टिबिहीनका साथै पूर्ण रुपमा अपाङ्गता भएकाहरुलाई सरकारले व्यवस्थापन गर्नुपर्ने बताए ।

राष्ट्रिय  स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईं (दृष्टिबिहीन) ले दृष्टिबिहीनलाई मागेर खाने व्यक्तिको बारेमा आफू कुरा नगर्ने भन्दै पन्छिएको उनले  बताए ।

घाम, पानी, धुवाँ, धुलो सहनु रहर होइन, बाध्यता हो, विकल्प नइि सडकपेटी छोड्दैनौँ भन्दै प्रदर्शन गरेका हुन् ।