१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत चौथो दिन प्रतिनिधिहरूलाई विशेष सामग्रीसहितको झोला वितरण गरिएको छ।

देशका विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूलाई बन्दसत्र तथा संगठनात्मक गतिविधिमा सहजता प्रदान गर्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको पार्टीले जनाएको छ।

महाधिवेशन सचिवालयका अनुसार प्रतिनिधिहरूको पहिचान, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनलाई थप प्रभावकारी बनाउन आवश्यक सामग्रीसहितको झोला वितरण गरिएको हो। झोलाभित्र पार्टीको लोगो अंकित क्याप, पेन, कपी तथा परिचयपत्रलगायत सामग्री राखिएको छ।

प्रतिनिधिहरूले यस्तो व्यवस्थाले महाधिवेशनका छलफल, निर्णय प्रक्रिया र टिपोट कार्यलाई सहज बनाएको बताएका छन्। साथै, एकीकृत व्यवस्थापनका कारण कार्यक्रम थप अनुशासित र व्यवस्थित देखिएको उनीहरूको भनाइ छ।

रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनलाई प्रविधिमैत्री, व्यवस्थित तथा मितव्ययी बनाउन विशेष ध्यान दिइएको जनाएको छ। पार्टीले आधुनिक व्यवस्थापन र सहभागीमैत्री अभ्यासमार्फत महाधिवेशनलाई सफल बनाउने लक्ष्य लिएको बताएको छ।