१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

नेपालका ब्राह्मणको इतिहास, जगदीशचन्द्र रेग्मीकाे नयाँ पुस्तक सार्वजनिक

नेपालका ब्राह्मणको इतिहास, जगदीशचन्द्र रेग्मीकाे नयाँ पुस्तक सार्वजनिक
अ अ+ अ-

काठमाडाैंः मानिसले आफ्ना पुर्खाको इतिहासलाई विशेष रुचिले खोज्ने र अध्ययन गर्ने गर्छ। किनभने इतिहास वर्तमान र भविष्यको आधार हो। विविध जाति र समुदाय रहेको हामीकहाँ पनि यो क्रम जारी छ। यसै सिलसिलामा प्राध्यापक डा. जगदीशचन्द्र रेग्मीले ‘नेपालमा ब्राह्मणहरूको संक्षिप्त इतिहास’ पुस्तक बजारमा ल्याएका छन्।

रेग्मीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नेपालमा कहिलेदेखि ब्राह्मणहरूको बसोबास हुन पुग्यो भन्ने प्रश्नको निरूपण गरेका छन्। ऐतिहासिक सन्दर्भहरू उल्लेख भएको हुँदा यसले ब्राह्मणहरूको थप इतिहास खोजीमा पनि मार्गप्रशस्त गरेको छ।

लिच्छविकालभन्दा अघिदेखि नेपालमा बसोबास गरिआएका अधिकांश बाह्मण अरु जातिका रूपमा फेरिएको पनि यस पुस्तकमा चर्चा गरिएको छ। लिच्छविकालदेखिका बासिन्दा ब्राह्मणहरूको यौटा बस्तीको सन्दर्भबारे ज्ञान हुन आएको छ (पृष्ठ १३८)।

मूल रूपमा ब्राह्मणको बारेमा लेखिएको भए पनि यसमा अन्य जातिसँगको अन्तर्सम्बन्ध, इतिहासमा तिनको उपस्थितिलाई केलाइएको छ। त्यति मात्र होइन, समयक्रममा अहिले अन्य समुदायमा रहेका व्यक्तिहरू समेत विगतमा ब्राह्मणकै समूहमा रहेका थिए भन्ने तथ्य समेत यसमा छन्।

लिच्छविकालका पाशुपत जोगीहरूकै गृहस्थी धर्ममा फर्केर जीवन निर्वाह गर्दै आएका कपाली कुस्लेहरू मूल रूपमा ब्राह्मण थिए। तत्कालीन प्रचलित कानुनअनुसार एक अलग सामाजिक समूहको रूपमा रहने परम्परा यस समूहमा कायम रहेको देखिन्छ (पृष्ठ २०५)।

त्यसैगरी, बज्राचार्यका सन्दर्भमा पनि यसमा त्यस्तै रोचक किसिमले उल्लेख गरिएको छ। नेवार समाजअन्तर्गत बौद्धमार्गी माथिल्ला दुई जात बज्राचार्य र वन्द्य (शाक्य) लाई जयस्थिति मल्लको पालामा जाति निर्णय गर्दा इतिहासबाट थाहा पाएबमोजिम ब्राह्मण र क्षत्रीय जातबाट बौद्ध भिक्षु भएका भन्ने निर्णय गरिएको वर्णन भाषा वंशावलीमा पाइन्छ। तिनै बौद्ध भिक्षु पछि सन्न्यासबाट गृहस्थ जीवनमा फर्केको मानिने हुनाले उक्त दुईजात ‘भेषधारि जात’ मा लिने परम्परा पनि पाइन्छ (पृष्ठ २०५–६)।

मूल रूपमा ब्राह्मणको बारेमा लेखिएको भए पनि यसमा अन्य जातिसँगको अन्तर्सम्बन्ध, इतिहासमा तिनको उपस्थितिलाई केलाइएको छ।

अहिले आएर समाजमा व्यक्तिले आर्जन गरेको सीपका आधारमा पेसा–व्यवसाय अपनाउन सक्ने अवस्था छ। कुनै जातका आधारमा पेसा वा व्यवसाय छुट्ट्याउन छाडिएको छ। तर, विगतमा ब्राह्मणको जिम्मा आध्यात्मिक नेतृत्वका निम्ति थियो भन्ने चर्चा पुस्तकमा गरिएको छ। ‘राजगुरु, धर्मशास्त्रीय मर्यादा पालना गराउने, राजालाई दीक्षा दिने, पौरोहिती सेवा दिने र देवस्थलका पुजारीको सेवा दिने (पृष्ठ २१०) काम ब्राह्मणको आध्यात्मिक नेतृत्व अन्तर्गत पर्ने गरेको थियो।

विगतमा आफ्ना पुर्खाले कसरी काम गरेका थिए भनी जान्न अहिलेको पुस्ताका निम्ति रोचक हुने भयो। यसका साथै समाज कसरी परिवर्तन हुँदै जन्म होइन कर्मका आधारमा जिम्मेवारी, पेसा र व्यवसाय गर्ने अवस्थामा आइपुग्यो भन्ने जान्न पनि यसले मद्दत पु-याउँछ। यस्ता किसिमका कृतिले मानवशास्त्रीय अध्ययनका निम्ति थप बाटो देखाउन सक्छन्।

ब्राह्मणसँग जोडिएका राज्य विस्तार, साक्षीका रूपमा गरेका कार्य आदिका चर्चा पनि पुस्तकमा यथोचित सन्दर्भ सामग्रीसहित लेखिएको छ। त्यति मात्र होइन, ब्राह्मणलाई छलछाम नीति, राज स्तुतिमा प्रयोग गरिएका तथ्यलाई समेत उल्लेख गरिदिएर पुस्तकलाई थप तथ्यपरक बनाउन कोसिस गरिएको छ।

समकालीन नेपालमा ‘को धर्ती पुत्र हो वा को होइन’ भनी विवाद हुने गरेको छ। यस पुस्तकले ब्राह्मणहरूलाई समेत आफ्नो यस धर्तीसँगको साइनो केलाउन मद्दत पुग्ने देखिन्छ। ‘मानव समुदायको स्थान विचरण गर्ने स्वभाव–अतिरिक्त रहने केही कारक तत्व पनि हुन्छन्, जसले एक परिवार वा समुदायले स्थानान्तरण गरेको हुन्छ। माझ नेपालको मध्य र मल्लकालीन परिप्रेक्ष्यमा ब्राह्मणहरूको आगमनका खास कारणबारे यहाँ विचार गरिन्छ (पृष्ठ २४५)।

यस किसिमको अध्ययन/अनुसन्धानले कुनै समुदाय विशेषले विगतमा गरेको योगदान र तिनको अन्य समुदायसँगको अन्तर्सम्बन्ध थाहा पाउन मद्दत गर्छ। यस्तो विषयको लेखनमा ऐतिहासिक स्रोत सामग्री आवश्यक हुन्छ, त्यसले मात्र लेखिएको विषयप्रति विश्वास जगाउँछ। यसर्थ यो पुस्तक संग्रहणीय सामग्री बन्न पुगेको छ।
पुस्तक : नेपालमा ब्राह्मणहरूको संक्षिप्त इतिहास
लेखक : प्रा.डा. जगदीशचन्द्र रेग्मी
प्रकाशक : विद्यार्थी पुस्तक भण्डार
मूल्य : रु. ५००।–

(नागरिक दैनिकबाट साभार)