काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछाने सभापतिमा निर्बिरोध निर्वाचित भएको जानकारी दिएका हुन् ।
यसअघि लामिछानेलाई पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह प्रस्तावक र ५१ प्रतिनिधिको समर्थकसहित उम्मेदवारी दर्ता गरेका थिए ।











