१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

चीन भ्रमण फलदायी : मुख्यमन्त्री पोखरेल

चीन भ्रमण फलदायी : मुख्यमन्त्री पोखरेल
अ अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीन भ्रमण फलदायी भएको बताउनुभएको छ । विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदानप्रदानका लागि मुख्यमन्त्रीको भ्रमण अत्यन्तै फलदायी भएको मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर कसीले आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभयो ।

चीनको सिचुवान प्रान्तले आयोजना गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सिचुवान अन्तरराष्ट्रियमैत्री शहरहरूको सम्मेलनमा भाग लिन असोज २७ गते चीन भ्रमणमा जानुभएका मुख्यमन्त्री पोखरेल शुक्रबार स्वदेश फर्कनुभएको हो ।

विश्वका ३२ देशका ४३ प्रान्त तथा शहरहरूको सहभागिता भएको उक्त कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनका राष्ट्रपतिको नेपाल भ्रमण र त्यस अवसरमा भएका समझदारी तथा सम्झौताले नेपालमा उत्साह ल्याएको र नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको चर्चा गर्नुभएको थियो । राष्ट्रपति सी चिनफिङले अघि सारेको बिआरआई एक विश्वव्यापी अभियान भएको, यसमा आवद्ध सहभागी राष्ट्रहरूबीच सहकार्य गर्न र विकासका नयाँ सम्भावनाहरू खोज्न लाभदायक हुने विचार उहाँले व्यक्त गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

उद्घाटनसत्रपछि भएको गभर्नरहरूको सम्मेलनलाई विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालले छिट्टै चेङ्दुमा महावाणिज्य दूतावास खोल्ने बताउनुभयो । सम्मेलनपश्चात भगिनी सम्बन्ध कायम भएका प्रान्त र शहरहरुबीच विकास निर्माणका लागि केही साझा अवधारणाहरू बनाएर अघि बढ्ने समझदारी भएको छ । सिचुवान प्रान्त र प्रदेश नं ५ बीच गएको असार १७ गते भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको थियो ।

त्यसैगरी सम्मेलनको संस्कृति तथा पर्यटनसत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुद्धजन्मस्थल लुम्बिनीलगायतका पर्यटकीयस्थलहरूको महत्वको चर्चा गर्दै सहभागीहरुलाई लुम्बिनी भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो । प्रदेश नं ५ बौद्ध संस्कृतिका साथै बर्दिया राष्ट्रिय निकुञ्जलगायतका प्राकृतिक र सांस्कृतिक सम्पदाले महत्वपूर्ण रहेको उहाँले जानकारी दिनुभयो ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानास्थलमा चेङ्दुबाट सिधा उडानका लागि सिचुवान प्रान्त सरकारलाई सहयोगका लागि अनुरोध गर्दै उहाँले सिधा उडानले बुद्धजन्मस्थल लुम्बिनी आउन चाहने चिनियाँ, खासगरी सिचुवानका जनताका लागि फाइदा पुग्ने बताउनुभयो । मुख्यमन्त्रीले लुम्बिनीलाई सिचुवान सरकारले रणनीतिक पर्यटकीयस्थलको रूपमा समेट्नु उपयुक्त हुने सुझाव दिनुभएको थियो । पाँचदिने भ्रमण दलमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रदेश नं ५ का प्रमुख सचिव तोयनारायण ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा विष्णुप्रसाद गौतम र मुख्यमन्त्रीका स्वकीय सचिव सरोजकुमार रेग्मी सहभागी हुनुभएको थियो ।

त्यसैगरी सिचुवान प्रान्तस्तरीय कम्युनिष्ट पार्टी प्रमुखको नेतृत्वको पार्टी तथा प्रान्तीय सरकारको टोलीसित प्रदेश नं ५ को टोलीको औपचारिक भेटघाट तथा छलफलसमेत भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा विशेषगरी बिआरआईअन्तर्गत पर्यटन, जडीबुटी, उद्योग, आइटी र छात्रवृत्ति आदानप्रदान गर्ने विषयमा भएको थियो । चिनियाँ मोडलको औद्योगिकग्राम खोल्न सकिने, योजनाबद्ध जग्गा तथा शहरी विकासको दिशामा सिचुवानबाट प्रदेश नं ५ ले सिक्न सक्ने सम्भावनाका विषयमा पनि छलफल भएको थियो ।

त्यसैगरी, नेइजियाङ शहरमा आयोजित औद्योगिक प्रवद्र्धन सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीे पोखरेलले प्रदेश नं ५ मा औद्योगिक विकासको स्थिति र सम्भावना तथा नेइजियाङ शहरसितको सहकार्यका विषयमा चर्चा गर्नुभएको थियो ।