२६ असार २०८३, शुक्रबार
,
Latest
उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा… बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता उन्मूलन गरिने



अ+ अ-

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यकमको आज यहाँ शुभारम्भ गर्नुभएको छ । उहाँले विराटनगर उपमहानगरपालिका–५ स्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनुभएको थियो ।

उहाँले लक्षित वर्गलाई अभियानमा सहभागी बनाउन सहयोग पुर्याउन सबैसँग आग्रह गर्नुभयो । मन्त्री घिमिरेले प्रदेशबाट चार वर्षभित्र अपाङ्गता उन्मूलनका लागि तीन वर्षभित्र १३७ स्थानीय निकायमा केन्द्र स्थापना गरिने र यसको शुरुआत यस वर्ष २७ स्थानबाट गरिने जानकारी गराउनुुभयो । उहाँले विगतमा औलो, पोलियो र विफरजस्ता रोगको उन्मूलन भएजस्तो रोग लाग्न नदिन प्रदेश सरकारले चलाएको अभियानलाई सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

आज र आइतबार छ महीनादेखि पाँच वर्षसम्मका मोरङमा एक लाख नौ हजार बालबालबालिकालाई भिटाभिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका ९७ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने प्रदेशका जिल्ला स्वास्थ्य कार्यक्रम अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा कुपोषणग्रस्त भएका छ महीनादेखि २३ महीनासम्मका बालबालिकाको पाखुरा नापी ‘बालभिटा’ ९सुष्मपोषक तत्व० चक्की दिनको एकका दरले दुई महीनासम्म खुवाउन वितरणको व्यवस्था गरिएको छ ।