६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीकाे संघर्षपूर्ण जित, टाेटेनह्याम बराबरीमा राेकियाे



अ+ अ-

काठमाडाैंः इङलिस प्रिमियर लिगमा शनिबार भएकाे खेलमा चेल्सीले न्यूक्यासल युनाइटेड विरूद्ध संघर्षपूर्ण जित निकालेकाे छ ।

मध्यान्तर र पछिकाे खेलमा चेल्सीले बलमाथि निकै राम्राे नियन्त्रण र प्रत्याक्रमण गरेपनि ७३अाैं मिनेटमा अलाेन्साेले गाेल गरेका थिए । खेलमा न्यूक्यासलका गाेलरक्षकले राम्राे बचाउ गरेका कारण थप गाेल हुन पाएन ।

याे विजयसँगै चेल्सी ९ खेलबाट १७ अंकसहित तेस्राे स्थानमा उक्लेकाे छ ।

उता, यस सिजनकाे शुरूदेखि नै कमजाेर प्रदर्शन गरिरहेकाे टाेटेनह्याम वाटफाेर्डसँग १ – १ काे बराबरीमा राेकियाे । एक समय हारकाे नजिक पुगेकाे अवस्थामा टाेटेनह्यामका डेली अलिले अन्तिम समयमा एक गाेल गरी स्काेर बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै टाेटेनह्यामकाे ९ खेलबाट १२ अंकका साथ साताैं स्थानमा छ ।

शनिबार नै खेलिएका अन्य खेलमा एभरटनले वेस्टह्याम युनाइटेडलाइ २-०, एस्टनभिल्लाले ब्राइटनलाइ २ – १, लेस्टरले बर्नलीलाइ २ – १ ले पराजित गरेका छन् भने बर्नमाउथ र नर्विचकाे खेल ० – ० तथा उल्भ्स र साउथह्याम्प्टनबीचकाे खेल १ – १ काे बराबरीमा समाप्त भएकाे छ ।

शनिबार राति नै म्यान्चेस्टर सिटी र क्रिस्टल प्यालेसबीच खेल हुँदैछ ।

एजेन्सीकाे सहयाेगमा