२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीकाे संघर्षपूर्ण जित, टाेटेनह्याम बराबरीमा राेकियाे



अ+ अ-

काठमाडाैंः इङलिस प्रिमियर लिगमा शनिबार भएकाे खेलमा चेल्सीले न्यूक्यासल युनाइटेड विरूद्ध संघर्षपूर्ण जित निकालेकाे छ ।

मध्यान्तर र पछिकाे खेलमा चेल्सीले बलमाथि निकै राम्राे नियन्त्रण र प्रत्याक्रमण गरेपनि ७३अाैं मिनेटमा अलाेन्साेले गाेल गरेका थिए । खेलमा न्यूक्यासलका गाेलरक्षकले राम्राे बचाउ गरेका कारण थप गाेल हुन पाएन ।

याे विजयसँगै चेल्सी ९ खेलबाट १७ अंकसहित तेस्राे स्थानमा उक्लेकाे छ ।

उता, यस सिजनकाे शुरूदेखि नै कमजाेर प्रदर्शन गरिरहेकाे टाेटेनह्याम वाटफाेर्डसँग १ – १ काे बराबरीमा राेकियाे । एक समय हारकाे नजिक पुगेकाे अवस्थामा टाेटेनह्यामका डेली अलिले अन्तिम समयमा एक गाेल गरी स्काेर बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै टाेटेनह्यामकाे ९ खेलबाट १२ अंकका साथ साताैं स्थानमा छ ।

शनिबार नै खेलिएका अन्य खेलमा एभरटनले वेस्टह्याम युनाइटेडलाइ २-०, एस्टनभिल्लाले ब्राइटनलाइ २ – १, लेस्टरले बर्नलीलाइ २ – १ ले पराजित गरेका छन् भने बर्नमाउथ र नर्विचकाे खेल ० – ० तथा उल्भ्स र साउथह्याम्प्टनबीचकाे खेल १ – १ काे बराबरीमा समाप्त भएकाे छ ।

शनिबार राति नै म्यान्चेस्टर सिटी र क्रिस्टल प्यालेसबीच खेल हुँदैछ ।

एजेन्सीकाे सहयाेगमा