काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदका लागि दुई जनाले उम्मेदवारी घोषणा गरेका छन्।
सांसदद्वय रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले मंगलबार महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।
न्यौपाने अधिवक्ता समेत हुन् र यसअघि रास्वपाको अनुशासन आयोगको उपप्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै प्रसाईं हाल रास्वपाका सहप्रवक्ताको भूमिकामा रहेका छन्।
रास्वपाको विधानअनुसार सहमहामन्त्री पदमा पाँच जना रहने व्यवस्था छ। महाधिवेशनको बन्दसत्र सुरु हुनै लाग्दा विभिन्न पदका आकांक्षीहरूले क्रमशः उम्मेदवारी घोषणा गर्न थालेका छन्।











