४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका

रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज चितवनको भरतपुरमा सुरु हुँदैछ। पार्टी महामन्त्रीको सञ्चालनमा हुने बन्दसत्रमा संगठनात्मक, वित्तीय, राजनीतिक तथा विधान संशोधन सम्बन्धी महत्वपूर्ण प्रतिवेदनमाथि छलफल तथा अनुमोदन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ।

बन्दसत्रअघि बिहान १० बजेदेखि प्रतिनिधि व्यवस्थापन उपसमितिले प्रतिनिधि दर्ताको कार्य सञ्चालन गर्नेछ। देशभरबाट आएका प्रतिनिधिहरूको दर्ता प्रक्रिया सम्पन्न भएपछि दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।

दिउँसो २ः१० बजेदेखि २ः३० बजेसम्म अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि २ः३० बजेदेखि ३ बजेसम्म कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन पेश गरी त्यसमाथि छलफल गराउने कार्यसूची तय गरिएको छ।

दिउँसो ३ बजेदेखि ३ः४५ बजेसम्म महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि ३ः४५ बजेदेखि ४ः४५ बजेसम्म सहमहामन्त्री विपिन कुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दै अनुमोदनका लागि बन्दसत्रमा पेश गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, ४ः४५ बजेदेखि ५ः१५ बजेसम्म उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्नेछन्। बन्दसत्रको मुख्य आकर्षणका रूपमा सभापति रवि लामिछानेले ५ः१५ बजेदेखि ६ः३५ बजेसम्म राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

कार्यक्रमको अन्त्यतिर ६ः३५ बजेदेखि ६ः४५ बजेसम्म सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। साथै आयोजक समितिले महाधिवेशन व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ।

त्यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया, उम्मेदवारी दर्ता तथा नेतृत्व चयनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ। आयोगले प्रकाशन गर्ने तालिकाअनुसार निर्वाचन प्रक्रिया निरन्तर अघि बढ्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने रास्वपाले जनाएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि भरतपुरमा जारी छ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।