१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल म्याड्रिड मालोर्कासँग पराजित, सिजनकाे पहिलाे हार



अ+ अ-

काठमाडाैंः स्पेनी ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा रियल म्याड्रिड मालोर्कासँग १–० गाेल अन्तरले अप्रत्यासित रूपमा पराजित भएकाे छ । याे हारसँगै रियल लिगकाे दाेस्राे स्थानमा झरेकाे छ ।

मालोर्का यसै सिजनमा दाेस्राे श्रेणीबाट बढुवा भएर प्रिमियर लिगमा आएको हो। मालोर्काकाे जितमा लागो जुनियरले खेलको साताैं मिनेटमा गोल गरेका थिए ।



हारसँगै रियल मड्रिड लिगको दोश्रो स्थानमा झरेको छ। ९ खेलबाट उसको १८ अंक छ। लिगको शीर्ष स्थानमा १९ अंक सहित बार्सिलोना छ।

एजेन्सीकाे सहयाेगमा