११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ पुष्पा चौधरी थारुले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। पार्टी स्थापनाकालदेखि नै सङ्गठन निर्माण र विस्तारमा निरन्तर सक्रिय रहँदै आएकी थारुले आफ्नो राजनीतिक यात्रालाई परिवर्तनप्रतिको साझा अभियानको रूपमा अगाडि बढाएको बताएकी छिन्।

आफ्नो उम्मेदवारी घोषणा गर्दै नेतृ थारुले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने, महिला नेतृत्व र सहभागितालाई व्यापक रूपमा विस्तार गर्ने तथा रास्वपालाई अझ बढी जनमुखी, उत्तरदायी र प्रभावकारी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेकी छिन्।

पार्टीको जगलाई तल्लो तहसम्म मजबुत बनाउँदै सङ्गठन विस्तारमा निरन्तर योगदान दिने बताउँदै चौधरीले पार्टीका हरेक तह र तप्कामा महिला तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्व स्थापित प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

रास्वपाले अङ्गीकार गरेको आन्तरिक लोकतन्त्रको जगलाई थप पारदर्शी, बलियो बनाउने, जनमुखी एवं उत्तरदायी राजनीति संस्कार अभिवृद्धि गर्दै पार्टीलाई जनताका वास्तविक समस्यासँग जोड्दै असल राजनीतिक संस्कारको विकासमा क्रियाशील रहने उनी बताउँछिन् ।

नेतृ पुष्पा चौधरी थारुले आफ्नो निष्ठा, सक्रियता, अनुभव र पार्टी स्थापनादेखि हालसम्मको योगदानलाई मूल्याङ्कन गरिदिन आग्रह गरेकी छिन्। उनले सबल सङ्गठन, समावेशी नेतृत्व र उज्ज्वल भविष्यका लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत र समर्थन दिन हार्दिक अपिल समेत गरेकी छिन्।

राजनीतिक परिवर्तन र नयाँ पुस्ताको नेतृत्व विकासका लागि उनको यो उम्मेदवारीलाई रास्वपाभित्र उत्साहका साथ हेरिएको छ।