६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेक्जिटकाे गाँठाे, प्रधानमन्त्रीकाे प्रस्ताव फेरि विफल



अ+ अ-

लन्डनः बेलायती संसद हाउस अफ कमन्सले ब्रेक्जिट (युराेपेली संघबाट बेलायतकाे बहिर्गमन) सम्झाैतामा ढिलाइ गर्ने पक्षमा मतदान गरेकाे छ । ब्रेक्जिट पारित गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव फेरि असफल भएकाे छ ।

तर जोनसनले युरोपेली संघसँग थप समय माग गर्न अस्वीकार गरेका छन् । ब्रिटेनले ब्रेक्जिट सम्झाैतामा सहमत हुने वा नहुने भन्ने बारेमा यही ३१ अक्टोबरसम्म युराेपेली संघलाई निर्णय दिइसक्नु पर्छ ।

सेप्टेम्बरमा सत्तारुढ कन्जरभेटिभ पार्टीका विद्रोही सांसदहरूले विपक्षीसँग मिलेर सरकारलाई संसदमा हराएको थियो । जुलाईमा प्रधानमन्त्री बोरिस जोनसनको संसदमा यो पहिलो परीक्षा थियो ।

तर ब्रेक्जिटबारेकाे प्रस्तावमा भएको मतदानमा ३०१ सांसदले समर्थन गरे भने ३२८ ले विरोध गरेका छन् ।

प्रधानमन्त्री जोनसनले ३१ अक्टोबरदेखि ब्रिटेन इयूबाट अलग हुने बताएका छन् । अब यो समयसीमालाई टार्न विद्रोही र विपक्षी सांसदले बुधबार एक बिल ल्याउन सक्छन्, जसलाई दुबै संसदले पारित गरे कानुन बन्नेछ ।

यही ब्रेक्जीटकाे गाँठाे फुकाउन नसक्दा प्रधानमन्त्री थेरेसा मेले राजिनामा दिएकी थिइन् । ब्रेक्जीटका कट्टर समर्थक मानिएका प्रधानमन्त्री जाेनसनले इयूकाे समर्थन जुटाउन ब्रसेल्सकाे भ्रमण गरेर नयाँ सहमति गरेका थिए, तर बेलायती सांसदहरूले जाेनसनकाे प्रस्ताव पूर्व प्रधानमन्त्री थेरेसा मेकाे भन्दा कमजाेर रहेकाे प्रतिकृया दिएका थिए ।