१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

ब्रेक्जिटकाे गाँठाे, प्रधानमन्त्रीकाे प्रस्ताव फेरि विफल

ब्रेक्जिटकाे गाँठाे, प्रधानमन्त्रीकाे प्रस्ताव फेरि विफल
अ अ+ अ-

लन्डनः बेलायती संसद हाउस अफ कमन्सले ब्रेक्जिट (युराेपेली संघबाट बेलायतकाे बहिर्गमन) सम्झाैतामा ढिलाइ गर्ने पक्षमा मतदान गरेकाे छ । ब्रेक्जिट पारित गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव फेरि असफल भएकाे छ ।

तर जोनसनले युरोपेली संघसँग थप समय माग गर्न अस्वीकार गरेका छन् । ब्रिटेनले ब्रेक्जिट सम्झाैतामा सहमत हुने वा नहुने भन्ने बारेमा यही ३१ अक्टोबरसम्म युराेपेली संघलाई निर्णय दिइसक्नु पर्छ ।

सेप्टेम्बरमा सत्तारुढ कन्जरभेटिभ पार्टीका विद्रोही सांसदहरूले विपक्षीसँग मिलेर सरकारलाई संसदमा हराएको थियो । जुलाईमा प्रधानमन्त्री बोरिस जोनसनको संसदमा यो पहिलो परीक्षा थियो ।

तर ब्रेक्जिटबारेकाे प्रस्तावमा भएको मतदानमा ३०१ सांसदले समर्थन गरे भने ३२८ ले विरोध गरेका छन् ।

प्रधानमन्त्री जोनसनले ३१ अक्टोबरदेखि ब्रिटेन इयूबाट अलग हुने बताएका छन् । अब यो समयसीमालाई टार्न विद्रोही र विपक्षी सांसदले बुधबार एक बिल ल्याउन सक्छन्, जसलाई दुबै संसदले पारित गरे कानुन बन्नेछ ।

यही ब्रेक्जीटकाे गाँठाे फुकाउन नसक्दा प्रधानमन्त्री थेरेसा मेले राजिनामा दिएकी थिइन् । ब्रेक्जीटका कट्टर समर्थक मानिएका प्रधानमन्त्री जाेनसनले इयूकाे समर्थन जुटाउन ब्रसेल्सकाे भ्रमण गरेर नयाँ सहमति गरेका थिए, तर बेलायती सांसदहरूले जाेनसनकाे प्रस्ताव पूर्व प्रधानमन्त्री थेरेसा मेकाे भन्दा कमजाेर रहेकाे प्रतिकृया दिएका थिए ।