१४ पुष २०८१, आईतवार
,
Latest
जब सोनु सुदलाई मुख्यमन्त्री पदको प्रस्ताव गरियो सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष जयसवाललगायत हजारौं एमालेमा प्रवेश श्रीलंकाको लागि नेपाली राजदुतमा पूर्णबहादुर नेपाली सर्वसम्मत अनुमोदित नेप्से परिसूचक २१ अङ्कले घट्यो पेस्तोलसहित एक युवक पक्राउ सदर चिडियाखाना राति पनि सञ्चालन गरौँँ, महानगर लगानी गर्न तयार छः चिरिबाबु महर्जन सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ निलम्बित दक्षिण कोरियाली राष्ट्रपति तेस्रो पटक पनि अनुसन्धानमा प्रक्रियामा अनुपस्थित जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिष्ठानबाट सुत्केरी भत्ता वितरण शुरु



अ+ अ-

तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कात्तिक १ गतेदेखि सुत्केरी भत्ता वितरण गर्न शुरु गरेको छ । सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी भत्ता रोकिएको थियो तर पछिल्लो पटक बजेट निकासा भएपछि भत्ता वितरण गर्न शुरु गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए ।

पहिलो दिन प्रतिष्ठानबाट सेवा लिएकी लमही निवासी प्रेक्षा न्यौपानेलाई भत्ता वितरण गरिएको हो । प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेल, अस्पताल निर्देशक हाडजोर्नी विशेषज्ञ डा सागर पन्थीले संयुक्तरुपमा सुत्केरी भत्ता वितरण गरेका हुन् ।

आमा र बच्चाको स्वास्थ्य सुधारका लागि सुत्केरी भत्ता दिने गरिएको छ । स्वास्थ्य मन्त्रालयबाट रु दुई करोड बजेट निकासा भएपछि प्रत्येक सुत्केरीलाई रु एक हजार ८०० भत्ता वितरण गर्ने गरिएको छ ।