६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवतीको विभत्स हत्या



अ+ अ-

भोजपुर । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको भनाइ छ ।

हाटबाट फर्किँदै गरेका कल्पना राई र घाइते १८ वर्षीया नवीना राईमाथि धारिलो हतियार प्रयोग भएको हो । मृतक कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न भएको आशङ्कामा प्रहरीले षडानन्द नगरपालिका– ३ का २१ वर्षीय प्रदीप बस्नेतलाई आज बिहान पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ ।