६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान सभामुख महरालाई आज अदालत लगीँदै



अ+ अ-

काठमाडौँ । संसद सचिवालयकै महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदै छ । मंगलबार बयान नसकिएकाले प्रहरीले थप अनुसन्धानका लागि भन्दै म्याद थप गर्न अदालत लैजाने तयारी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परे लगत्तै उनले स्वाथ्यमा समस्या देखाएपछि उनलाई काठमाडौँको नर्भिक अस्पतालमा भर्ना गरेर उपचार थालीएको थियो ।

महरा उपचाररत नर्भिक अस्पतालले पनि स्वास्थ्यको कारण देखाउँदै बयान लिन नमिल्ने चिठी प्रहरीलाई पठाउँदै आइरहेका बेला उनलाई आज अदालतमा उपस्थित गराउन लागीएको हो । महराले बयान दिन नमाने पनि प्रहरीले अन्य प्रमाण संकलन गरेर २५ दिनभित्र सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गर्ने तयारी प्रहरीको रहेको छ ।