८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा



अ+ अ-

काठमाडौं : डिशहोम डिजिटल प्रा.लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप सुदृढ बनाएको जनाएको छ। कम्पनीका अनुसार डिगोले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारमार्फत नेपाली डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशा लिएको छ।

सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्म डिगो ओटीटीमार्फत चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र तथा बाल सामग्रीलगायतका विविध डिजिटल सामग्री दर्शकमाझ उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ।

डिशहोम डिजिटल प्रा.लि.ले प्राप्त गरेको विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधिकारिक डिजिटल सामग्री वितरण गर्ने क्षमता, विश्वसनीयता र दीर्घकालीन प्रतिबद्धतालाई थप बलियो बनाएको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार नेपाल सरकार अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीअनुसार ओटीटी प्रसारण सेवाको आवश्यक इजाजतसमेत प्राप्त गरिएको छ। यसले कम्पनीले कानुनी तथा नियामकीय व्यवस्थाअनुसार आधिकारिक रूपमा सेवा सञ्चालन गरिरहेको पुष्टि गरेको जनाएको छ।

डिशहोम डिजिटल प्रा.लि.ले आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव, आधिकारिक सामग्री वितरण तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत डिगो ओटीटीलाई विश्वस्तरमा प्रतिस्पर्धी नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।