८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण



अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस) भरतपुरको नवनिर्मित तालिम भवनको आज निरिक्षण गर्नुभएको छ ।

नवनिर्मित भवनको सबै कक्षको निरीक्षणपछि यथासक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने बताउँदै कर्मचारी तथा स्थानीय समाचारदाताका बारेमा जानकारी लिनुभयो । सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले समाचार सेवालाई छिटो छरितो रुपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो ।

समाचार सामग्री उत्पादनमा महत्वपूर्ण भूमिका रहेको राससले सूचना प्रविधिको क्षेत्रमा द्रुत गतिमा भएको विकासलाई आत्मसात् गरी देश र जनताका पक्षमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रु पाँच करोड ७६ लाख ७१ हजार लागतमा निर्माण गरेको रासस भवनमा २० वटा कोठा र सभाकक्ष रहेको छ । भरतपुर महानगरपालिका वडा नं १० स्थित भरतपुरमा आफ्नै जग्गामा निर्माण भएको रासस तालिमकेन्द्र भवनमा भूमिगत पार्कीङ् समेत रहेको छ ।