२४ भाद्र २०८३, बुधबार
,
Latest
विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा



अ+ अ-

काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘जी’ को आज भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

विसी प्लेस भ्यानकुभर स्टेडियमा भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो ।

इजिप्टको जितमा मोस्तफा जिको, मोहम्मद सलाह र ट्रेजेग्वेटले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता न्युजिल्यान्डले लिएको थियो । खेलको १५औँ मिनेटमा न्युजिल्यान्डका फिन सम्र्यानले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । तर न्युजिल्यान्डको एक शून्य गोलको अग्रता खेलको पहिलो हाफसम्म मात्र कायम रह्यो ।

खेलको ५८औँ मिनेटमा इजिप्टका जिकोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यस्तै खेलको ६७ औँ मिनेटमा सलाहले गोल गर्दै इजिप्टलाई २–१ गोलको अग्रता दिलाए ।

यसपछि खेलको ८२औँ मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे । यस जितसँगै इजिप्ट दुई खेलबाट चार अङ्क जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको हो । इजिप्टको नकआउट चरण प्रवेशको सम्भावना प्रबल बनेको छ । यसै समूहमा रहेका इरान र बेल्जियमको समान दुई अङ्क छ भने न्युजिल्यान्डको एक अङ्क रहेको छ ।

त्यसैगरी आजै बिहान सम्पन्न समूह ‘एच’को अर्को खेलमा नवप्रवेशी केप भर्डेले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २–२ गोलको बराबरी खेलेको थियो । रासस