१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो
अ अ+ अ-

सुनसरी। कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२/ ८३ मा जेठ महिनासम्म कूल नौ हजार २४२ जना पर्यटकले भ्रमण गरेका छन् ।

आरक्ष भ्रमण गर्ने कूल पर्यटकमध्ये चार हजार ५३५ महिला र चार हजार ५३५ पुरुष गरेर नौ हजार ७० जना नेपाली पर्यटकले आरक्षको भ्रमण गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट कूल २५ जना पर्यटकले कोशीटप्पुको भ्रमण गरेका छन् । (सार्क) मुलुकबाट तीन जना महिला र २२ जना पुरुष रहेका छन् । सार्क मुलुकबाहेकका अन्य विदेशी १४७ जनाले आरक्षको भ्रमण गरेको आरक्षका पौडेलले बताउनुभयो । सार्क मुलुकबाहेकका अन्य विदेशी १४७ जनाले पर्यटकमा ४४ जना महिला र १०३ जना पुरुषले आरक्षको अवलोकन गरेको उहाँले बताउनुभयो ।

अर्नाको राजधानी र चराको स्वर्ग मानिने सो आरक्षमा सबैभन्दा बढी पर्यटक मङ्सिर महिनामा आएका छन् भने सबैभन्दा कम असोज महिनामा पर्यटक आएका छन् । यस महिनामा एक हजार ८९३ जना पर्यटकले आरक्षको भ्रमण गरेका छन् भने असोज महिनामा ३२५ जना पर्यटकले आरक्षको भ्रमण गरेको आरक्ष प्रशासनले जनाएको छ ।

साउनमा ४९६, भदौमा ५४७, असोजमा ३२५, कात्तिकमा ५९१, पुसमा ६४२, माघमा १ हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेठमा एक हजार ७० जना गरेर कूल नौ हजार २४२ जना पर्यटक आरक्षको भ्रमण गरेका छन् ।

विशेषतहः यहाँ आउने पर्यटकले लोपोन्मुख अवस्थामा रहेका अर्ना (जङ्गली भैँसी) का साथै २० प्रकारका साना ठूला जनावर हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर र सजिलै सप्तकोसी नदीमा डलफीन हेर्न पाउने गरेको आरक्षका योजना अधिकृत पौडेलले बताउनुभयो ।

विश्वमा नै दुर्लभ मानिएका चराचुरुङ्गीसहित ४९८ प्रजातिका चराचुरुङ्गी पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटालगायतका पन्छी पाइन्छन् ।

साथै पछिल्लो समय गैँडाको समेत अवलोकन गर्ने गरेका छन् । आरक्षमा आन्तरिक  पर्यटकको आकर्षण सबैभन्दा बढी देखिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । रासस