१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि
अ अ+ अ-

डोटी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा कार्यालयको टोलीले आफनो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला भत्ता वितरण गर्न थाल्नुभएको छ । वडामा रहेका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर वृद्ध तथा एकल महिला भत्ता लिन गाह्रो भएको भन्ने खबर आएपछि आफूहरुले सो कदम चालेको वडाध्यक्ष चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भत्ता लिन वडावासीलाई समस्या भयो भन्ने खबर पयौँ र मसहित केही कर्मचारीको टोलीले अहिले घरमै गएर भत्ता वितरण गर्न थालेका छौँ ।” वडाध्यक्ष चन्दले घरमै आएर वृद्ध तथा एकल महिला भत्ता दिन थालेपछि सो वडाका स्थानीय वृद्धवृद्धा तथा एकल महिला निकै खुशी भएको र वडाध्यक्ष चन्दलाई धन्यवादसमेत दिन थालेको स्थानीयवासी खड्क बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा असहाय जीवन जिउन बाध्य भएका महिला तथा वृद्धवृद्धालाई वडाध्यक्षले घरैमा गएर भत्ता दिन थाल्नुभएको छ, यो आफैँमा राम्रो कार्य हो ।” वृद्धवृद्धा तथा एकल महिलालाई घरमै पुगेर रकम वितरण गरिँदा सुरक्षित तथा सही सदुपयोग हुने भएकाले आफूले यस्तो कदम चालेको वडाध्यक्ष चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्बन्धित व्यक्तिको हातमा रकम परे सदुपयोग पनि हुने, सुरक्षित पनि हुने र वृद्धवृद्धालाई दुःख पनि नहुने भएकाले हामीले घरमै पुगेर रकम दिन थालेका छौँ ।”