६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि



अ+ अ-

डोटी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा कार्यालयको टोलीले आफनो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला भत्ता वितरण गर्न थाल्नुभएको छ । वडामा रहेका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर वृद्ध तथा एकल महिला भत्ता लिन गाह्रो भएको भन्ने खबर आएपछि आफूहरुले सो कदम चालेको वडाध्यक्ष चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भत्ता लिन वडावासीलाई समस्या भयो भन्ने खबर पयौँ र मसहित केही कर्मचारीको टोलीले अहिले घरमै गएर भत्ता वितरण गर्न थालेका छौँ ।” वडाध्यक्ष चन्दले घरमै आएर वृद्ध तथा एकल महिला भत्ता दिन थालेपछि सो वडाका स्थानीय वृद्धवृद्धा तथा एकल महिला निकै खुशी भएको र वडाध्यक्ष चन्दलाई धन्यवादसमेत दिन थालेको स्थानीयवासी खड्क बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा असहाय जीवन जिउन बाध्य भएका महिला तथा वृद्धवृद्धालाई वडाध्यक्षले घरैमा गएर भत्ता दिन थाल्नुभएको छ, यो आफैँमा राम्रो कार्य हो ।” वृद्धवृद्धा तथा एकल महिलालाई घरमै पुगेर रकम वितरण गरिँदा सुरक्षित तथा सही सदुपयोग हुने भएकाले आफूले यस्तो कदम चालेको वडाध्यक्ष चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्बन्धित व्यक्तिको हातमा रकम परे सदुपयोग पनि हुने, सुरक्षित पनि हुने र वृद्धवृद्धालाई दुःख पनि नहुने भएकाले हामीले घरमै पुगेर रकम दिन थालेका छौँ ।”