१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह



अ+ अ-

काठमाडाैँ ।  प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले पार्टीभित्र समूहगत राजनीति नगर्न आग्रह गरेका छन्।चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले साे कुरा गर्दै  आग्रह गरेका हुन् ।

उनले राम्रो राजनीतिज्ञ बन्न जनताको विश्वास र माया जित्नुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको गुट–उपगुटको अभ्यास नगर्न कार्यकर्तालाई सचेत गराए।

“त्यस्तो समूहको बिउ नरोप्नुहोस्, रोप्नै हुँदैन। यस्तो अभ्यास हामीले पुराना दलहरूबाट सिक्नु हुँदैन,” उनले भने।

बालेनले पार्टीलाई एकताबद्ध र अनुशासित ढंगले अघि बढाउनुपर्ने आवश्यकता समेत औँल्याएका थिए।