१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सांसद अफताब आलम प्रहरी हिरासतमा, सांसदको लोगो दुरुपयोग

सांसद अफताब आलम प्रहरी हिरासतमा, सांसदको लोगो दुरुपयोग
अ अ+ अ-

काठमाडौं । रौतहट २ बाट प्रत्यक्ष निर्वाचित सांसद अफताब आलम प्रहरी हिरासतमा परेको एक साता नाघिसक्यो ।

राजपुर बमकाण्डको अनुसन्धानका क्रममा पक्राउ परेका उनीमाथि प्रहरीले ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र बम बारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालतमा उपस्थित गरायो । आलम सेतो कमिज सुरुवालमाथि कालो ज्वारीकोटमा ठाँटिएका छन् । रोचक त के छ भने उनले अझै सांसदको लोगो समेत छाडेका छैनन् ।

प्रतिनिधिसभा नियमावली २०७५ को २४४ को ३मा ‘फौजदारी अभियोगमा प्रक्राउ गरेका व्यक्ति प्रहरी हिरासतमा रहँदासम्म सांसदको हैसियत नरहने प्रष्ट व्यवस्था छ ।

निलम्बनमा परेर सांसदको हैसियतमै नरहेपछि आलमले सांसदको लोगो लगाउन नपाउनुपर्ने हो ।

तर, उनले हिरासतमा रहँदासमेत सांसदको लोगो लगाउन छाडेका छैनन् ।

रौतहट प्रहरी स्रोतका अनुसार आलम हिरासतमा बस्दा लुंगी लगाएर बस्ने गरेका छन् । तर, अदालतमा लैजाँदा आलम सांसदको लोगो छातीमा टाँसेर ठाँटिएर पुगेका छन् ।