१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफैं अदालतमा उपस्थित भएका सांसद् गुरुङ साधारण तारेखमा रिहा



अ+ अ-

काठमाडौं । आइतबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका सांसद् पार्वत गुरूङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ । सांसद गुरुङलाई दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोशिश गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरिएको थियो । गुरुङविरुद्ध गत वैशाखामा मुद्दा दर्ता गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय, काठमाडौंले उनी फरार रहेको भन्दै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न माग गरेको थियो। जसअनुसार, जिल्ला अदालतले असोज ८ गते पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीले पक्राउ गर्ने भएपछि उनी आफै अदालतमा उपस्थित भएका हुन्।