९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन



अ+ अ-
काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादी मतदाताको पनि समर्थन प्राप्त गरेको बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राजसंस्थाको पक्षमा रहेका धेरै मतदाताले पनि रास्वपालाई विश्वास गरेर मत दिएको दाबी गरे।

उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रति जनतामा विशेष अपेक्षा रहेको उल्लेख गर्दै केही मतदाताले बालेनले राजसंस्था पुनर्स्थापना गर्न भूमिका खेल्न सक्ने विश्वासका आधारमा समेत रास्वपालाई समर्थन गरेको बताए।

‘राजा चाहिन्छ भन्नेहरूको पार्टी राप्रपा हुँदाहुँदै पनि बालेनले राजा ल्याउँछन् भन्ने आशा गरेर धेरैले तपाईंहरूलाई भोट दिएका छन्। त्यसैले तपाईंहरूमाथि जनताको विशिष्ट अपेक्षा र जिम्मेवारी छ,’ उनले भने।

लिङ्देनले देशमा देखिएका समस्याको कारण केवल नेतृत्व मात्र नभई विद्यमान संविधान र संवैधानिक व्यवस्थासमेत रहेको धारणा राखे। संविधानमा आवश्यक सुधार नगरी मुलुकले अपेक्षित गति लिन नसक्ने उनको भनाइ थियो।

‘समस्या नेतामा मात्र छैन, संविधान र संवैधानिक व्यवस्थामा पनि छ। यो संविधानमा सुधार नगरी देश अगाडि बढ्न सक्दैन। तपाईंहरूसँग ऐतिहासिक अवसर छ,’ उनले भने।

तस्बिरः प्रदीप राज वन्त/रासस