६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-द अफ्रिका टेस्टः राेहित शर्माकाे दाेहाेराे शतक, अफ्रिकाकाे खराब शुरूवात



अ+ अ-

काठमाडाैंः भारत र दक्षिण अफ्रिकाबीच भारतकाे राँचीमा जारी तेस्राे तथा अन्तिम टेस्ट क्रिकेटमा राेहित शर्मा र अजिन्क्या रहाणेकाे शतकका कारण भारतले सुदृढ प्रदर्शन गरेकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले ९ विकेटकाे क्षतिमा ४९७ रन बनाइ पाली समाप्तिकाे घाेषणा गरेकाे छ ।

राेहितकाे शतकमा खुशी साटासाट गर्दै राेहित र अजिन्क्य । तस्वीरः एएनअाइ

भारतका लागि राेहित शर्माले दाेहाेराे शतक प्रहार गरेका छन् । उनले ६ छक्का र २८ चाैकाकाे मद्दतले व्यक्तिगत २१२ रन बनाएका थिए ।

साथै क्रिजमा राेहितलाइ राम्राे साथ दिएका अजिन्क्या रहाणेले पनि ११५ रनकाे पाली खेलेका थिए । उनले १ छक्का र १७ चाैका प्रहार गरेका थिए ।

भारतका लागि रविन्द्र जडेजाले पनि ५१ रन बनाएका थिए ।

तीन टेस्टकाे यस शृंखलामा भारतले यसअघिका दुबै खेल जितेकाे छ । शृंखला पूरै कब्जा गर्ने तयारीका साथ मैदानमा उत्रेकाे भारतले द अफ्रिका विरूद्ध कसिलाे बलिङ पनि गरेकाे छ ।

दाेस्राे दिन ५ अाेभर ब्याटिङ गरेकाे द अफ्रिकाले ९ रनमै २ विकेट गुमाइ सकेकाे छ । प्रारम्भिक ब्याट्सम्यान डिन एल्गर माेहम्मद शामीकाे बलमा शून्यमै अाउट भएका थिए भने क्वीन्टन डी कक पनि उमेश यादवकाे बलमा ४ रन बनाएर बाहिरिएका छन् ।

क्रिजमा जुबेर हाजमा र कप्तान फाफ डु प्लेसिस छन् ।

द अफ्रिका अझै भारतभन्दा ४८८ रनले पछि छ ।

एजेन्सीकाे सहयाेगमा