४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे

रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा उपसभापति डा. स्वर्णिम वाग्लेले राजनीतिक संस्कार परिवर्तन र सुशासन केन्द्रित सम्बोधन गरेका छन्।

महाधिवेशनलाई सम्बोधन गर्दै वाग्लेले पार्टीलाई केवल सत्ताको विकल्प नभई राजनीतिक संस्कार रूपान्तरणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले रास्वपा कुनै अप्राकृतिक सम्झौता वा विभाजनबाट नभई नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र परिवर्तनको आकांक्षाबाट जन्मिएको राजनीतिक शक्ति भएको दाबी गरे।

उनले विगतका राजनीतिक परिवर्तनले लोकतन्त्र र संविधान ल्याए पनि अपेक्षित रूपमा संस्थागत गुणस्तर विकास हुन नसकेको टिप्पणी गरे। निर्वाचन धेरै भए, तर उत्तरदायित्व कमजोर रह्यो, संविधान बने तर संस्था बलिया भएनन्, भन्दै उनले राज्य क्षमता र सार्वजनिक सेवाको गुणस्तर अपेक्षित रूपमा सुधार हुन नसकेको बताए।

वाग्लेले नेपालमा समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना भएको तर्क पनि गरे। उनका अनुसार इमानदार मानिसका लागि राजनीति कठिन र पहुँचवालाका लागि सहज हुने व्यवस्था बनेको छ, जसले अस्वस्थ राजनीतिक र आर्थिक संस्कारलाई बढावा दिएको छ।

उनले रास्वपाको लक्ष्य भागबन्डा केन्द्रित प्रणालीबाट मेरिटोक्रेसीतर्फ, पहुँचमुखी अर्थतन्त्रबाट प्रतिस्पर्धात्मक अर्थतन्त्रतर्फ र नियन्त्रणमुखी राज्यबाट नागरिक–केन्द्रित शासनतर्फ अघि बढ्नु रहेको स्पष्ट पारे।

उनले पार्टीलाई आक्रोश र विरोधको शक्तिबाट मात्र नभई आशा, विकल्प र निर्माणको शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। “हामी केवल सरकार फेर्न होइन, शासन गर्ने संस्कार बदल्न आएका हौँ,” उनले भने।

वाग्लेले समावेशी र उदार लोकतन्त्र, प्रतिस्पर्धात्मक अर्थतन्त्र र समन्यायिक समाज निर्माण गर्ने पार्टीको दृष्टिकोण प्रस्तुत गर्दै राज्य नागरिकको सेवक हुनुपर्ने धारणा राखे।

उनले युवालाई विदेशिन बाध्य नपर्ने, उद्यमशीलता र रोजगारी स्वदेशमै उपलब्ध हुने वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए। “किसान, श्रमिक र उद्यमी सबैले सम्मानपूर्वक जीवनयापन गर्न सक्ने नेपाल निर्माण हाम्रो लक्ष्य हो,” उनले भने।

महाधिवेशनलाई ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै वाग्लेले रास्वपालाई आन्दोलनबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्ने दिशामा अघि बढ्नुपर्ने बताए। उनले निराशालाई आशामा, आक्रोशलाई निर्माणमा र विद्रोहलाई रूपान्तरणमा बदल्न आह्वान गरे।

महाधिवेशन चितवनमा जारी रहेको छ।